अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) ले नेपाललाई पाँच करोड ८५ लाख अमेरिकी डलर अर्थात् साढे सात अर्ब रुपैयाँभन्दा धेरै रकम सहयोग प्रदान गर्ने भएको छ ।
दुई दिने नेपाल भ्रमणमा रहनुभएका यूएसएआईडीका प्रशासक सामन्था पावरले नेपाल सरकार र नागरिकसँगको लोकतान्त्रिक साझेदारीमा यो रकम खर्च गरिने बताउनुभएको छ । घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको नेपालमा रहेको संयुक्त राज्य अमेरिकाको दूतावासले जनाएको छ । नेपालमा चुनाव भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, युवाको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको प्रशासक सामन्था पावरले बताउनुभयो ।
यूएसएआईडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चारमाध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गर्न मद्दत हुने उहाँले बताउनुभयो । नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धि बलियाे पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने विश्वास लिइएकाे छ । यस्तै मानव बेचबिखनविरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि यूएसएआईडीले जारी राख्ने जनाएको छ ।
More Stories
वैदेशिक रोजगारीमा जाँदा सरकारी राजश्व बाहेक अन्य शुल्क नबुझाउनु : श्रम मन्त्रालय
नेपालि युवाको योगमा विश्व किर्तिमान, कठिन आसनमा गिनिज बुक अफ वल्र्ड रेकर्ड
कस्को फोनका कारण रवि लामिछाने २ दिन कुर्न बाध्य भए !